आत्महत्याको घटनाबारे तपाईंले सम्प्रेषण गर्ने सही समाचारले आत्महत्याको जोखिममा भएको व्यक्तिको ज्यान जोगाउन सक्छ भने गलत समाचारले त्यस्ता घटनाको निम्ति थप दुरुत्साहन गर्न सक्छ ।
आत्महत्याका घटनाबारेको समाचार संप्रेषण गर्दा
के गर्ने ?
- आत्महत्याको सोच आउँदा कहाँ र कसरी मदत पाउन सकिन्छ भनेर प्रष्ट उल्लेख गर्ने; जस्तै नेपालमा आत्महत्या रोकथामका लागि राष्ट्रिय हटलाइन ११६६ २४सै घण्टा उपलब्ध छ,
- आत्महत्याको बारे भ्रम चिर्नेगरी त्यसका तथ्यहरु तथा रोकथामका उपायहरुका बारे जानकारी दिने,
- दैनिक जीवनका तनावहरु झेल्ने तरिकाहरु र आत्महत्याका सोचको व्यवस्थापनका उपायहरुबारे जानकारी दिने,
- नाम चलेका / प्रख्यात व्यक्तिहरुको आत्महत्याका बारे रिपोर्टिङ गर्दा विशेष सावधानी अपनाउने,
- शोक सन्तप्त परिवारजन तथा साथीभाईसँग अन्तर्वार्ता लिँदा विशेष सावधानी अपनाउने र करुणापूर्वक कुरा गर्ने,
- आत्महत्याको बारे रिपोर्टिङ गर्दा आफैँ पनि प्रभावित हुन सकिन्छ भन्ने कुराको सदैव ख्याल राख्ने,
- आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन- ११६६
आत्महत्याका घटनाबारेको समाचार संप्रेषण गर्दा
के नगर्ने ?
- आत्महत्याका समाचारलाई पत्रपत्रिका तथा वेबसाइटमा महत्वपूर्ण स्थान नदिने र त्यस्ता खबरहरुलाई बारबार नदोहोर्याउने,
- सनसनीपूर्ण शीर्षक नराख्ने,
- आत्महत्यालाई सनसनीपूर्ण बनाउने वा सामान्यीकरण गर्ने वा यो समस्याको हल गर्ने एक तरिका हो भन्ने खालका संदेश जाने भाषा बिल्कुल प्रयोग नगर्ने,
- आत्महत्याको तरिका, साधन, स्थान आदिका बारे प्रष्ट खुलाएर वा विस्तृतमा नलेख्ने,
- आत्महत्याको घटना तथा परिवेशसँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक संजालका लिंकहरू प्रयोग नगर्ने,
- आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन- ११६६
आत्महत्याका घटनाबारेको समाचार संप्रेषण गर्दा भाषाको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरू :
- रिपोर्टिङ गर्दा भाषाको प्रयोगमा विशेष सावधानी अपनाउने,
- “आत्महत्याबाट मृत्यु” वा “आफैँले आफ्नो ज्यान लिएको” जस्ता शब्दावली प्रयोग गर्ने,
- त्यसको सट्टा “आत्महत्याको प्रयास”, “आत्महत्या” वा ” आत्महत्याबाट मृत्यु” जस्ता शब्दावली प्रयोग गर्ने,
- अपराध गरेको वा सफलता प्राप्त गरेको जस्तो संदेश प्रवाह गर्ने “आत्महत्या गरेको” वा “सफल आत्महत्या” जस्ता शब्दावली प्रयोग नगर्ने,
- “सफल आत्महत्या” वा “असफल आत्महत्याको प्रयास” जस्ता शब्दावली प्रयोग नगर्ने,
- आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन- ११६६
आत्महत्याका घटनाबारे सामाजिक संजालमा पोष्ट गर्दा ध्यान दिनुपर्ने कुराहरू
- आत्महत्याका घटनाको विस्तृत विवरण नराख्नुहोस् !
- त्यस्ता व्यक्तिको, घटनाको फोटो, भिडियो वा त्यस्ता अन्य सामग्री नराख्नुहोस् !
- घटनाको बारे सनसनीपूर्ण शीर्षक वा भाषा राखेर पोस्ट गर्ने कार्य नगर्नुहोस् !
- आत्महत्याबाट मृत्यु वरण गरेका व्यक्तिको तथा शोक सन्तप्त परिवारको गोपनीयता र आत्मसम्मानको विशेष ख्याल राख्नुहोस् !
- ” सफल आत्महत्या” वा “असफल आत्महत्याको प्रयास” जस्ता शब्दावली प्रयोग नगर्ने,
- आत्महत्याबाट मृत्यु वरण गरेका व्यक्तिका बारे “कातर”, “लाछी”, “गलत काम गर्यो” वा “ठीकै गर्यो” जस्ता टिकाटिप्पणी गर्न वा लान्छनाजन्य भाषाको प्रयोगबाट टाढै रहनुहोस् !
- आत्महत्याको रोकथामका निम्ति त्यस्ता सोचाई भएका व्यक्तिले परामर्श लिनको लागि २४ सै घण्टा राष्ट्रिय हटलाइन ११६६ उपलब्ध छ, त्यसैले यो नम्बरको बारे सबैलाई जानकारी दिनुहोस् !